एक हप्तामा बैंकको निक्षेप संकलन ११ अर्बले बढ्दा कर्जा प्रवाह १ अर्बले बढ्यो
वि.सं.२०७९ भदौ २० सोमवार १४:२६
shares

काठमाडौं, २० भदौ । नेपालका बैंकहरुको पछिल्लो एक हप्तामा ११ अर्ब निक्षेप संकलन थपिएको छ । नेपाल बैंकर्स संघलको तथ्यांक अनुसार भदौ १७ गतेसम्मको तथ्यांक अनुसार बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ३७ अर्ब पुगेको छ ।
अघिल्लो हप्ता बैंकमा निक्षेप संकलन ४४ खर्ब २६ अर्ब रहेको थियो । भदौको पहिलो र दोस्रो हप्ता स्थिर रहेको निक्षेप संकलन तेस्रो हप्तामा भने बढेको हो । साउन महिनामादेखि घटेको निक्षेप संकलन भदौको तेस्रो सातामा भने केही बढेको हो ।
भदौ तेस्रो सातासम्मको तथ्यांक अनुसार बैंकहरुको ऋण प्रवाह पनि १ अर्बले बढेको छ । अघिल्लो हप्ता ४१ खर्ब ८० अर्ब रहेको कर्जा प्रवाह भदौ १५ को तथ्यांक अनुसार १ अर्ब बढेर ४१ खर्ब ८१ अर्ब पुगेको छ ।



















