Dhulikhel Eco Banner new

विदेशी मुद्रा सञ्चिति साढे १ प्रतिशतले घट्यो

5.64K
shares

काठमाडौं, ३० भदौ । चालू आर्थिक वर्षको पहिलो महिना विदेशी विनिमय सञ्चितिमा साढे १ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक अन्तिम महिना असारको तुलनामा चालू आर्थिक वर्षको पहिलो महिनामा विदेशी विनियम सञ्चिति १.५ प्रतिशतले घटेर ११९७ अर्ब ८५ करोडमा पुगेको हो ।

असार महिनामा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय असार महिनामा ११९७ अर्ब ८५ करोडमा झरेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो । साउन महिनामा आइपुग्दा यस्तो सञ्चिति १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १०४९ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई १४८ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ ।

पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।