Dhulikhel Eco Banner new

बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन बढ्यो, सीडी रेसियो ८७ प्रतिशत

5.76K
shares

काठमाडौं, ११ असोज । असोज महिनाको पहिलो हप्तामा बैंकहरुमा निक्षेप संकलन बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोजको पहिलो हप्तामा बैंकहरुले २६ अर्ब निक्षेप संकलन गरेका छन् । असोज पहिलो हप्तामा कर्जा प्रवाह भने ४ अर्बले बढेको हो ।

भदौ मसान्तमा ४४ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले असोज ७ गतेसम्म २६ अर्बले बढाएर ४५ खर्ब १२ अर्ब पुगेको छ । त्यस्तै भदौ अन्तिम दिनमा ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले असोजको पहिलो हप्तामा ४१ खर्ब ९४ अर्ब कर्जा प्रवाह गरेका छन् । यो ४ अर्बले बढी हो ।

बैंकहरुको सीडी रेसियो असोज पहिलो हप्तामा ८७.२१ प्रतिशत रहेको छ ।