GBIME

राष्ट्रिय वाणिज्य बैंकको २६२ औं शाखा रुकुमको मुसिकोटमा

924
shares

काठमाडौं, १२ असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पश्चिम रुकुम जिल्लाको मुसिकोट न.पा.वडा न.१ स्थित २६२औं शाखा कार्यालय मुसिकोट विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका छन् ।

उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको बताउंदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

अधिकृत किरणकुमार श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।

बैंकको कर्णाली प्रदेशिक कार्यालयका उपप्रमुखको केसबराज खनालको सभापितत्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक मुन बहादुर बुढा, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।