Dhulikhel Eco Banner new

एक हप्तामा निक्षेप संकलन ७ अर्ब र कर्जा प्रवाह ४ अर्बले घट्यो

5.54K
shares

काठमाडौं, २६ असोज । पछिल्लो एक हप्ताको अवधिमा बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज तेस्रो हप्ता बैंकको निक्षेप ७ अर्ब र कर्जा प्रवाहमा ४ अर्बको गिरावट आएको हो ।

भदौ तेस्रो साताबाट बढ्न थालेको बैंकको निक्षेप असोज तेस्रो हप्तामा आइपुग्दा ७ अर्बले घटेर ४५ खर्ब ११ अर्बमा पुगेको छ । साउन महिनाभर घटेको निक्षेप संकलन पुन घट्न थालेको छ । असोज दोस्रो साता बैंकको निक्षेप ४५ खर्ब १९ अर्ब रहेको थियो ।

असोजको तेस्रा हप्तामा आइपुग्दा कर्जा प्रवाह पनि ४ अर्बले घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँ कायम भएको छ । असोजको दोस्रो साता बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेका थिए । असोजको तेस्रो हप्तासम्म आइपुग्दा यो ४१ खर्ब ९३ अर्बमा पुगेको छ । बैंकको कर्जा प्रवाह साउनको दोस्रो हप्तादेखिनै बढ्दै गएको थियो ।