Dhulikhel Eco Banner new

लघुवित्त विरुद्ध आन्दोलन गर्नेहरु मिटर ब्याजी हुन् : सीईओ शर्मा

6.83K
shares

काठमाडौं, ३ वैशाख । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डोलेन्द्र प्रसाद शर्माले लघुवित्तका विरुद्धमा आन्दोलन गर्नेहरु मिटर ब्याजीहरु भएको बताएका छन् । केटिएभ भ्वाइसँगको कुराकानीका क्रममा सीईओ शर्माले ऋण मिनाह गर भन्नु अनैतिक र अराजकताको पराकाष्ट भएको बताएका हुन् ।

अहिलेको अवस्था आउनुको कारण ऋणीले दिएको ऋण अनुत्पादक क्षेत्रमा लगानी गरेकाले समस्या देखिएको उनको भनाइ थियो । ‘उत्पादनशिल क्षेत्रमा लगानी गरेकाहरुले केही समस्या भए पनि लघुवित्तमा गएर समहतिमा काम गरिरहेका छन्, तर जो आन्दोलनमा रहेको छन् उनीहरुले अनुत्पादक क्षेत्रमा रकम खर्च गरेका छन्,’ उनले भने । सबै लघुवित्तलाई एकै डालोमा हालेर हेर्न नमिल्ने बताएका शर्माले गलत गर्नेलाई कारबाही गर्नु पर्ने बताएका छन् । लगेको ऋण मिनाह नहुने भएकाले त्यस्ता गलत काम गर्नेहरुको पछि नलाग्न पनि उनले सबैलाई आग्रह गरे ।

ऋण लिएको संस्थामा गएर कुरा गरेर समस्या समाधान हुन सक्छ । तर कसैको लहलहिमा लागेर समस्या झन बल्झिने उनको भनाइ थियो । अहिले सरकार नै नभएको जस्तो अवस्था देखिएको छ । यदि कसैले गलत गरेको छ भने उसलाई समातारे कारबाही गर्नु पर्छ, ऋणीले पनि जुन कामका लागि लगेको हो त्यहि काममा खर्च गर्नु पर्छ,’ उनले भने, ‘केही ऋणीलाई समस्या भएको हो भने त्यसमा लघुवित्तलले पनि अहिलेको अवस्था सहज बनाउनु पर्छ ।’

लघुवित्तले ग्रामिण क्षत्रमा पुगेर वित्तीय सेवा पु¥याएको भन्दै यस्ता सस्थाहरुलाई निरुत्साहित गर्ने गरि काम गर्न नहुने उनको भनाइ छ । केही संस्थाहरुले गलत गरेको विषयलाई अतिरञ्जन गरिएको उनको आरोप थियो । ‘दश प्रतिशतले गलत गरेका होलान् । सबैलाई एउटै डालोमा हालेर हर्न हुँदैन् । ९० प्रतिशत सहि छन् । गलत गर्नेलाई कारबाही गर्नु पर्छ,’ उनले भने । गलत गर्नेहरुलाई प्रहरी प्रशासनले नै कारबाही गर्नु पर्ने उनको भनाइ छ ।

लघुवित्तबाट ऋण लिएका महिलाहरुलाई केही सयम दिएर उनीहरुलाई उत्पादनमा जोड्नु पर्ने उनको भनाइ थियो । जसबाट अहिलेको समस्या समाधान हुने उनले बताए ।