Dhulikhel Eco Banner new

आरएसडिसी लघुवित्तको नाफामा गिरावट

5.92K
shares

काठमाडौं, ५ वैशाख । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेको तेस्रो त्रैमासिकमा नाफा घटेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा ८.८१ प्रतिशतले नाफामा गिरावट आएको हो ।

लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तलले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्रको खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढ्दा इम्पेरमेन्ट चार्ज बढ्न गइ खुद नाफामा दबाब पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २९.२२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २६..०६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.२३ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ९३ लाख रुपैयाँबाट बढेर ७ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर १३ रुपैयाँ १९ पैसामा सीमित भएको छ । पछिल्लो ९ महिनामा लघुवित्तको चुक्ता पुँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ४.३४ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी ३२.४२ प्रतिशत र कर्जा २४.६० प्रतिशत बढेको छ ।