Dhulikhel Eco Banner new

आमाको मुख हेर्ने दिनमा प्रभु क्यापिटलको अफर : लगानी व्यवस्थापन सेवामा विशेष छुट

4.84K
shares

काठमाडौं, ७ वैशाख । प्रभु क्यापिटलले आमाको मुख हेर्ने दिनको अवसमार विशेष अफर कार्यक्रम ल्याएको छ । प्रभु क्यापिटल लिमिटेडले यो वर्षको मातातीर्थ औंसीको अवसरमा विशेष छुट योजना ल्याएको हो ।

आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क (Free AMC) तथा Profit Sharing मा ५० प्रतिशत रहने क्यापिटलले योजना ल्याएको हो । ‘माया स्वरुप उपहार, मेरी प्यारी आमालाई’ भन्ने नाराका साथ यो अफर वैशाख महिनासम्म संचालनमा रहने छ । यो अवधि भित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने ग्राहकवर्गहरुले यस लगानी व्यवस्थापन सेवामा निःशूल्क वार्षिक शूल्क (Free AMC) तथा Profit Sharing मा ५० प्रतिशत छुट पाउन सकिने छ ।

ग्राहकले ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ३ लाख ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई-मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।