Dhulikhel Eco Banner new

सनराइज बैंकका ग्राहकले अपोलो अस्पतालमा १० प्रतिशत छुट पाउने

4.86K
shares

काठमाडौं, १० वैशाख । सनराइज बैंक लिमिटेडका ग्राहकहरुले भारतमा रहेको अपोलो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र अस्पताल बीच भएको सम्झौता अनुसार बैंकका ग्राहक तथा परिवारका सदस्यहरुले अस्पतालबाट पाउने सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सो सम्बन्धी सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका छन् । ग्राहक वर्गको सेवा र सुबिधामा सधै तत्पर रहने यस सन्राइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल सँग सम्झौता गरेको छ ।

इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित अस्प्ताल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उक्त सम्झौता अनुसार सनराइज बैंकका सम्पुर्ण ग्राहक वर्गले सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परिक्षणदेखि भर्ना खर्चसम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पु¥याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यस योजनाले सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउने पनि बैंकले जनाएको छ । भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सनराइज बैंकले छुटै Health Care Card  पनि संचालनमा ल्याइसकेको छ भने अपोलो लगाएत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सनराइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।