Dhulikhel Eco Banner new

सिटिजन्स बैंकका ग्राहकलाई पल्पसा प्याराडाइज होममा २० प्रतिशत छुट

4.91K
shares

काठमाडौं, ११ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पल्पसा प्याराडाइज होम प्रा.लि. मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । मकवानपुर जिल्लाको हेटौँडामा रहेको पल्पसा प्याराडाइज होम प्रा.लि. र बैंक बीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै बैंकका ग्राहकले पल्पसाको सेवामा २० प्रतिशत छुट पाउने भएका हुन् ।

यो योजनामा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट पाउने बताइएको छ । यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका हुन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।