Dhulikhel Eco Banner new

अर्थतन्त्र संकटमा भन्ने हल्ला धेरै भो, अवस्था जटिल छैन : उद्योगमन्त्री

21.85K
shares

काठमाडौं, २५ असोज । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले अर्थतन्त्र संकटमा भएको हल्ला भएपनि जटिल अवस्था नभएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार आयोजना गरेको ‘राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य’ विषय कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन् ।

उनले केही व्यक्तिहरुले अर्थतन्त्र संकटमा भएको भन्दै हल्ला फैलाए पनि अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताए ।

सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको भन्दै उनले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउनु पर्ने बताए । सरकारले उनीहरुका लागि सहज नीति नियमहरु बनाउँदै लगेको पनि उनको भनाई थियो ।

बैंकको व्याज घट्नुपर्छ

मन्त्री रिजालले बैंकको ब्याजदरले उद्योगी व्यवसायीलाई हतोत्साहित बनाएको भन्दै बैंकको ब्याजदर घट्नुपर्ने बताए । निजी क्षेत्र अगाडि बढ्यो भने मात्र समग्र अर्थतन्त्र अगाडि बढ्छ भन्दै उनले नेपाल राष्ट्र बैंकको नेतृत्व कुनै पनि राजनीतिक दलको गोटी बन्न नहुने धारणा राखे ।