Dhulikhel Eco Banner new

स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफामा भारी गिरावट

5.1K
shares

काठमाडौं, २० साउन । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै खुद नाफा ४.५१ प्रतिशतले घटेर ३.३ अर्ब रहेकोजनाएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको कुल चुक्ता पुँजी ८.६३ अर्ब सञ्चिति र आम्दानी २ अर्ब ४९ करोड रहेको छ । बैंकको कुल निक्षेप घटेर १.१२ खर्ब पुगेको छ भने ग्राहकहरुको कर्जा र अग्रिम ८१.१४ अर्ब पुगेको छ ।

खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५.१५ अर्बमा कायम भएको छ । बैंकको कर्मचारी खर्च १.५८ अर्ब रहेको छ भने कमजोरी शुल्क ६३.८८ प्रतिशतले घटेर २१ अर्ब ६१ करोड रहेको छ ।

मुख्य वित्तीय मेट्रिक्सले चौथो त्रैमासिकको लागि प्रति शेयर वार्षिक आय ३५.०९ र नेट वर्थ २१८.०४ को संकेत गर्दछ। तर, बैंकले निष्क्रिय कर्जा (एनपीएल) २.१४ प्रतिशतमा बढेको छ । साथै बैंकले २ अर्ब ४९ करोड वितरणयोग्य नाफा गरेको खुलासा गरेको छ ।