Dhulikhel Eco Banner new

आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने

3.69K
shares

काठमाडौं, १३ असोज । आइतबारदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने भएको छ ।आइतबारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट पनि नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको हो ।

सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वमा नयाँ नोट सटही गर्दै आएको थियो भने यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो ।

एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखरेलले बताए । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको पोखेरलले बताए ।