Dhulikhel Eco Banner new

नेपाल राष्ट्र बैंकले माग्यो वित्तीय साक्षरता प्रशिक्षक

3.54K
shares

काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक माग गरेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै वित्तीय साक्षरता प्रशिक्षकका लागि आवेदन आह्वान गरेको हो।

विश्वविद्यालयबाट मान्यताप्राप्त स्नातक तह उत्तीर्ण गरेको वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सीएरएसीसीएरसीएपी परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ।

वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा कम्तीमा १५ वर्षको अनुभव हुनुपर्ने छ भने फाइनान्सियल लिट्रेसीसँग सम्बन्धित विषयमा अनुभव र विशेष योग्यता प्राप्त गरेका व्यक्तिलाई ग्राह्यता दिइने राष्ट्र बैंकले जनाएको छ।