Dhulikhel Eco Banner new

नबिल र एनसीसी बैंकबीच मर्जरको बिषयमा छलफल

6.63K
shares

काठमाडौं, १ असार । नबिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरको बिषयमा छलफल भएको छ । गत वर्ष अन्तिम समयमा आएर मर्जरमा जान नसकेको यि दुईवटा बैंकहरुबीच पुनः मर्जरका विषयमा छलफल भएको हो ।

यसअघि एनसीसी बैंकले नबिल र ग्लोबल र केही बैंकहरुसँग मर्जरको बिषयमा छलफल चलाएपनि कुनै ठोस निष्कर्षमा पुग्न सकेको थिएन । केही समय अघि नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेको नबिल बैंकले केही सातामा एकीकृत कारोबार सुरु गर्ने तयारी गरिरहेको छ ।

एनसीसीलाई नबिलले १००ः६५ को स्वाप रेसियो प्रस्ताव गरेको जनाइएको छ । तर एनसीसी बैंकले ८० भन्दा तल नजाने अडान लिएको बताइएको छ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्तापुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।

नबिलको सेयर दोस्रो बजारमा ८४८ रुपैयाँमा झरेको छ । यता एनसीसीको २१० रुपैयाँमा कारोबार भएको छ । नबिलको १९०० सम्म पुगेको थियो भने एनसीसीको ४०७ रुपैयाँमा उच्च मूल्यको कारोबार भएको थियो ।