नेपाल एसबिआई बैंकको डिसिइओमा आनन्द नियुक्त
वि.सं.२०८२ जेठ १८ आइतवार १५:०७
2.99K
shares
shares

काठमाडौं, १८ जेठ । नेपाल एसबिआई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा विकास आनन्द नियुक्त भएका छन्। उनको यो जिम्मेवारी १३ जेठदेखि लागू भइसकेको हो।
डिसिइओ नियुक्त हुनु अघि आनन्द बैंकको प्रमुख सञ्चालन अधिकृतको रूपमा कार्यरत थिए। नयाँ जिम्मेवारीसहित अब उनले डिसिइओको भूमिकासँगै प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी पनि निरन्तर सम्हाल्ने भएका छन् ।



















