Dhulikhel Eco Banner new

चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा

5.88K
shares

काठमाडौं, ९ पुस । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको लाभांश घोषणा गरेको छ। कम्पनीको हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश घोषणा गरेको हो।

पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने र पुस ३० गते वार्षिक साधारणसभा बस्ने निर्णय पनि बैठकले गरेका छ।