Dhulikhel Eco Banner new

बैंक तथा वित्तीय चेतनाको लागि

4.24K
shares

काठमाण्डौं १४ वैशाख । बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा,जस्ता विभिन्न कर्जाहरु प्रस्ताव गरेका हुन्छन् । यस्ता कर्जाको भुत्तानी अवधी निश्चित हुन्छ र ब्याजदर भने परिवर्तनीय वा स्थिर हुनसक्छ ।
स्थिर ब्याजदर तोकिएको अवधिभर परिर्वतन गर्न पाईदैन भने परिर्वतनीय ब्याजदर आधारदरमा भएको परिवर्तनअनुसार हरेक महिना परिवर्तन हुनसक्छ । तर,प्रिमियम दरमा कुनै परिर्वतन गर्न पाईदैन ।
नियमित रुपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्छ । यसर्थ ग्राहकहरुले आफुले उपभोग गर्न लागेको कर्जामा कस्तो प्रकारको ब्याजदर लागु हुदैछ ? प्रिमियम दर कति लागु हुदैछ ? शुल्कहरु के कस्ता छन ? भन्ने विषयमा पुर्ण जानकारी लिन अति आवश्यक हुन्छ ।
ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गरौँ ।

 श्रोत : नेपाल राष्ट्र बैंक