GBIME

नेतृत्वमा पुगेर मौलिक उत्पादनको प्रवद्र्धनमा ध्यान दिन्छु : हेमराज ढकाल(भिडियो सहित)

1.87K
shares

काठमाडौं, २३ माघ । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सिप विकास समितिका सभापति हेमराज ढकालले निजी क्षेत्रका समस्या समाधानका लागि आफूले उपाध्यक्षमा उम्मेदावरी दिएको बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा वस्तुगत तर्फको उपाध्यक्ष आकांक्षी रहेका ढकालले आफूले विजयी भएको खण्डमा सबै क्षेत्रलाई समेटेर अघि बढ्ने बताएका हुन् ।

उत्पादनमा वृद्धि नगरेर देशको विकास सम्भव नभएको बताएका ढकालले आफू उत्पादन देखि निर्यातसँग जोडिएकाले उपाध्यक्षमा गएर इमान्दारीताका साथै जिम्मेवारी निर्वाह गर्ने उनको भनाइ छ । सरकारका निकायसँग समन्वय गरेर मौलिक उत्पादनमा जोड दिने उनले बताए ।
‘सबै साथिहरुको सल्लाह अनुसार नै मैले अध्यक्षमा उम्मेदवार दिने निर्णयमा पुगेको हुँ, यसमा सबैको साथ पाउने विश्वास लिएको छु र सबै व्यवसायीलाई समेटेर अगाडि बढ्ने मरो प्रतिबद्धता हो,’ उनले भने ।

पछिल्लो सयम निजी क्षेत्र निकै गारो अवस्थामा पुगेको भन्दै यसलाई जोगाउनका लागि आफूले महासंघको उपाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ । ‘अहिलेको नेतृत्वलाई म दोष दिने पक्षमा छैन, अवस्था नै जटिल रहेकाले केही नगरेको जस्तो देखिएको हो । अवस्था सामान्य हुँदै जाँदा महासंघले व्यवसायीका लागि निरन्तर कार्य गर्छ,’ उनले भने ।

देश आर्थिक समृद्धि तर्फ अगाडि नबढेको खण्डमा आम जनताको जीवनमा नै असर गर्ने भएकाले यो तर्फ सबैले ध्यान दिनु पर्ने उनको भनाइ छ । पछिल्लो समय नेपालको अर्थतन्त्र चलयामान बन्ने दिशा तर्फ अग्रसर देखिएको भन्दै अझै पनि पूर्ण रुपमा सुधारको अवस्थामा भने नपुगेको ढकालको भनाइ छ ।

‘नयाँ सरकार आए पछि केही सकारात्मक सन्देश देखिएको छ । तर यो पर्याप्त छैन । नीति नियममा देखिएका समस्या समाधान गरेर अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने आवश्कता रहेको छ,’ ढकालले भने ।