‘महासंघको आगामी नेतृत्वले साना–ठूला व्यवसायीलाई समेट्न सक्नु पर्छ’
वि.सं.२०७९ असोज १५ शनिवार ०६:४४
shares
कुमार भट्टराई, सोम धिताल, मनोज चापागाई
काठमाडौं, १५ असोज । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आगामी चतै महिनामा हुँदैछ । चैत महिनामा हुने चुनाव पछि नेतृत्वमा पुग्नका लागि व्यवसायीका नेताहरुले भित्री रुपमानै तयारी थालिसकेका छन् । उनीहरुले मतदातालाई आफ्नो पक्षमा तान्नका लागि विभिन्न तरिकाहरु अपनाइरहेका छन् ।
यसै बीच आगामी नेतृत्वले सबैलाई समेट्नु पर्ने बस्तुगत संघमा आवद्ध व्यवसायीहरुले बताएका छन् । विज्ञापन एसोसिएसन अफ नेपालका अध्यक्ष सोम धितालले सानादेखि ठूला व्यवसायीलाई समेट्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । महासंघको नेतृत्वमा पुग्नेहरुले व्यवसायीका हक हितका लागिभन्दा पनि सरकारको गुणगान गाउने गरेको भन्दै व्यवसायीका पक्षमा काम गर्ने नेतृत्व आउनु पर्ने उनको भनाइ छ ।
व्यक्तिगत लाभ लिनेभन्दा पनि व्यवसायीका पक्षमा काम गर्न सक्ने नेतृत्व आएको खण्डमा निजी क्षेत्रलाई लाभ मिल्ने उनको भनाइ छ । यता ब्रोकास्टीङ एसोसिएसनका अफ नेपालका अध्यक्ष कुमार भट्टराई राजनीति आस्था र पँहुच भएको व्यक्ति नै व्यवसायमा संलग्न भएको खण्डमा नीति निर्माणमा तहबाट सहजता प्राप्त हुने बताए ।
‘राजनीति गर्नु पर्ने तर पदका लागि भन्दा पनि निष्ठाको राजनीति गर्नु पर्छ,’ उनले भने । राजनीति पार्टीले नै देशको अवस्था विगारेको भन्दै उनले देशलाई नै नेतृत्व गर्न सक्ने किसिमको नेतृत्व आवश्यक रहेको बताए । दलिय व्यवस्थामा स्वतन्त्रको परिकल्पना गर्न सकिदैन तर निष्ठावान राजनीति गर्न उनले आग्रह गरे ।
पछिल्लो समय नेपालको अर्थतन्त्र कमजारेर बन्दै गएकाले अर्थतन्त्रलाई बलियो बनाउने भिजन भएको व्यक्ति नेतृत्वमा जानु पर्ने नेपाल रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाईको भनाइ छ । पारदर्शिता कायम गर्न सक्ने नेतृत्वको आवश्यक रहेको उनले बताए । राज्यलाई नै सहयोग पुग्ने गरी काम गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको चापागाईको भनाइ छ ।

















