GBIME

‘अर्थतन्त्र धान्ने निजी क्षेत्रले हो, यो क्षेत्र तहसनहस भए कसरी देश बन्छ ?’

1.66K
shares

काठमाडौं, २ कात्तिक । पछिल्लो समय बैंकहरुले ब्याजदर बढाउँदा व्यवसायीहरु समस्यामा परेको बताउँदै आएका छन् । ब्याजदर बढेकाले लगानी समेत गर्न नसकिएको उनीहरुको गुनासो छ । कोभिडका कारण निकै समस्यामा परेका व्यवसायीहरुलाई ब्याजदर बढ्दा थप समस्या भएको आवाज उठिरहेको छ । यसै सन्दर्भमा पछिल्लो सयमा ट्रेकिङ व्यवसायको अवस्था र ब्याजदरले पारेको प्रभावका विषयमा ट्रेकिङ एजेन्सी एसोसिएन अफ नेपाल (टान) का पूर्व अध्यक्ष खुम बहादुर सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश :

अहिले उद्योग व्यवसायको अवस्था कस्तो छ ?

व्यवसायीको अवस्था अहिले दयनिय अवस्थामा पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) पछि केही सुधार हुन्छ कि भन्ने आशा गरिएको भए पनि त्यसो हुन सकेको छैन् । अहिले पनि विभिन्न कारणले गर्दा समस्या भइनै रहेको छ । बजारमा तरलताको अवस्था बढीरहेको छ । जसबाट व्यवसाय गर्न सक्ने अवस्था नै छैन ।

विश्व अर्थतन्त्र नै समस्यामा रहेको छ । त्यस माथि युक्रेनको युद्धका कारण पनि समस्या भइरहेको छ । अहिले फेरि ब्याजदर बढेका कारण पनि व्यवसाय गर्न सक्ने वातावरण अझ बिग्रिन पुग्यो । व्यापार जुन किसिमबाट हुनु पर्ने हो त्यो किसिमबाट हुन सकेको छैन् । यस्ता यावत समस्याको विच व्यवसायीहरु हिडिरहेका छौँ ।

पछिल्लो समय पर्यटक आवागमन कस्तो छ ?

पर्यटन व्यवसायको कुरा गर्दा केही मात्रामा अघि बढीरहेको अवस्था त छ तर सोचेजस्तो भने अझै भइसकेको छैन् । मौसम खराबी लगायत कारणले गर्दा पर्यटकलाई केही समस्या थपिएको छ । लगातारको मौसम खराबीका कारण उडान हुन नसक्दा पनि केही समस्या भयो । तर अहिले यो समस्या समाधान भएको छ ।

पर्यटन व्यवसाय तत्कालै कोभिड अघिको अवस्थामा पुग्ने सम्भावना भने देखिदैन् । नेपाल आउने पर्यटकको संख्यामा भने वृद्धि भइरहेको छ । कोभिड पहिलेको अवस्थासँग तुलना गर्न सक्ने अवस्था बनिसकेको छैन् । अहिले हवाई भाडा महंगो भयो, रुस युक्रेन युद्ध, आर्थिक संकट लगायत कारण विदेशी पर्यटक आवागमनमा प्रभाव परेको छ ।

आर्थिक संकटका कारण मानिसको खर्च गर्ने बानी समेत परिवर्तन भएको अवस्था छ । अहिले विश्वको अर्थतन्त्रमा नै मन्दिको अवस्था देखिएका कारण पनि समस्या भइरहेको छ । पर्यटक अहिले नर्मल अवस्थामा आउन सक्ने अवस्था देखिदैन् । एक वर्ष पछि आउछ कि भन्ने आसा छ । यहि आशामा पर्यटन व्यवसायीहरु बसिरहेका छन् ।

कोभिडले पर्यटन व्यवसायमा कस्तो असर गर्‍यो ?
कोभिडले व्यवसायी र कामदारमा छिन्न–भिन्नको अवस्था सिर्जना भयो । यसले पर्यटन व्यवसायमा निकै ठूलो क्षति पुग्यो । विदेशीहरु आएर नै चल्ने व्यवसाय भएकाले विदेशी नआउँदा निकै गारो अवस्था सिर्जना भयो । अहिले कोभिड नर्मल भइसकेको अवस्था छ, हामी विस्तारै व्यवसायलाई सुधार गर्दै लैजोने तर्फ लागिरहेका छौँ ।

कोभिडको समयमा ठूलो नोक्सानी भयो । त्यो समयमा विदेशबाट नेपाल आउनका लागि निकै समस्या भयो । सबै सुरक्षित रुपमा बस्नु पर्ने बाध्यता थियो । जसका कारण पर्यटक आवागमन ठप्प जस्तै भयो । कोभिड अघिको अवस्थामा पुग्न नसके पनि अहिले केही सुधार भने हुँदै गएको छ । पहिलेको अवस्थामा पुग्नका लागि केही समय लाग्ने देखिन्छ ।

बैंकको ब्याजदर बढेको छ, ऋण पनि सहजै पाउन नसक्ने अवस्था बनेको छ । यसको असर निजी क्षेत्रलाई कत्तिको परेको छ ?

ब्याजरदर बढेको अवस्थामा व्यवसाय गर्नका लागि निकै समस्या हुन्छ र भइरहेको छ । त्यस माथि पनि बैंकले रकम समेत दिन सकेका छैनन् । यसमा सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । यो अवस्थालाई सुधार गरेर व्यवसायीलाई बचाउनु पर्ने अहिलेको आवश्यकता हो ।

अहिले सुधारका लागि कुनै काम भएको भने छैन । यस विषयमा हामीले अनुरोध गर्ने भनेको राज्यलाई हो । बैंकहरु पनि व्यवसाय अन्तर्गत नै पर्छन् उनीहरुले हाम्रो कुरा सुनेको अवस्था छैन् । सरकारसँग अनुरोध भए पनि कार्यान्वयन भने हुन सकिरहेका छैन् ।

तपाईको विचारमा बैंकको ब्याजदरका विषयमा सरकारले वा राष्ट्र बैंकले केही कदम चाल्नु पर्छ कि ?

व्यवसायको अवस्था निकै नाजुक छ । तरलतालाई नियन्त्रण गरेर व्यवसायलाई चलायमान बनाउनु पर्छ । अहिलेको ब्याजदर निकै उच्च भयो । यसलाई नियन्त्रण गर्नु प¥यो । कुनै जानकारी नै नभएर रेट बढाउँदा व्यवसायीलाई निकै मर्का परिरहेको छ ।

यसलाई व्यवस्थापन गर्नु पर्ने अवस्था देखिन्छ । यसो गर्दा व्यवसायीलाई केही मात्रामा भए पनि राहत मिल्ने थियो । व्यवसाय गर्ने वातावरण निर्माण गर्नु पर्ने अवस्था छ । त्यस तर्फ सरकारको ध्यान जान जरुरी छ ।

व्यवसायीहरु पलायन हुने अवस्था देखिएको छ । बजार पनि खुम्चिनु निजी क्षेत्रको अर्को समस्याका रुपमा देखा परेको छ । अहिले देखिएका समस्याहरु अधिकांश ब्याजदर बढेको विषयमा नै निर्भर रहेका छन् । यसका लागि पनि राज्यले सहयोग गुर्न पर्छ ।

अहिले मुलुक चुनावमा होमिएको छ, चुनावका कारण निजी क्षेत्रलाई कस्तो असर गर्ला ?

चुनावको समयमा आर्थिक चहलपहल हुन्छ भन्ने आसा हो । तर सोचेजस्तो भने भएको देखिदैन् । भोलिको कुरा अहिले भन्न सकिने अवस्था छैन् । तर असाबादी भने हुने हो । स्थानीय तहको चुनावको समयमा सोचेजस्तो नभएको अवस्था हाम्रा सामु ताजै रहेको छ । जसले गर्दा अहिलेको चुनावमा पनि यसै हुन्छ भन्न सक्ने अवस्था देखिदैन् ।

चलायमान हुने अपेक्षा मात्रै गर्न सकिन्छ । स्थानीय तहमा हुन सकेन् । निजी क्षेत्रले अर्थतन्त्र धान्ने हो तर यो क्षेत्र नै तहसनहस भएमा कसरी देश बन्ला र । यसका लागि त निजी क्षेत्रका व्यसायीहरुलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्नु पर्ने हो । यो दायित्व सरकारको हो ।

एफएनसीसीआईको चुनावको विषयमा पनि थोरै कुरा गरौं, आगामी नेतृत्व कस्तो चाहानु भएको छ ?

आगामी नेतृत्व व्यवसायी मैत्री आउनु पर्ने हुन्छ । व्यवसाय र व्यवसायीको अवस्था मूल्यांकन गरेर सरकारसँग छलफल गरेर कार्यान्वयनमा ल्याउन सक्ने नेतृत्व भएमा निजी क्षेत्रका व्यवसायीहरुका लागि राम्रो हुन्छ । कमजोर नेतृत्वबाट त्यो सम्भब हुँदैन् । बलियो नेतृत्व भयो भने मात्रै त्यो सम्भवन हुन्छ । त्यसका लागि सबै लाग्नु पर्छ र बलियो नेतृत्व चयन गर्नु पर्छ । अहिलेको समयमा सरकारसँग टक्कर गरेर अडान लिन सक्ने नेतृत्वको खाँचो देखिन्छ ।

यो बाहेक व्यवसायीको हकहितका लागि काम गर्ने पनि हुनु पर्‍यो । पहिलाको नेतृत्वले नगरेको भनेको होइन । उहाँहरुले पनि गर्नु भयो अब आउनेले अझ बढी गर्नु पर्छ भन्ने हो । पहिलेको नेतृत्वले गर्न नसकेका काम पनि यो नेतृत्वले गर्नु पर्ने हुन्छ । त्यसका लागि बलियो टीम बनाएर अघि बढ्नु पर्छ ।