Dhulikhel Eco Banner new

एनएमबि क्यापिटलको एसआइपि इन्भेष्टमेन्टको लागि अब इम्यानडेट मार्फत् पेमेन्ट सेडुल गर्न सकिने

5.8K
shares

काठमाडौं, २० असार । एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपि) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी सेडुल गरी एसआइपि मा लगानी गर्न सक्ने भएका छन् । एनएमबि क्यापिटल र एनसीएचएल बीच भएको सम्झौता अनुसार एनएमबि क्यापिटलका इकाईधनीहरुले एसआइपिमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम एक पटक अनलाइन इम्यानडेट भरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलको एसआइपि अन्तर्गत खुलामुखी योजना अनुसार मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । लगानीको बानी विकास गर्ने गरी, स–सानो रकमको लगानी समेतमा कम्पाउण्डिङ्ग रिटर्न को लाभ लिन मिल्ने गरी एसआइपि मा लगानी गर्न सकिन्छ । आफूले चाहे अनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा, एसआइपि मार्फत् लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ । एसआइपि सम्बन्धी थप जानकारी र लगानीको लागि डब्लु डब्लु डब्लु डट् एनएमबिसिएल डट् कम एनपीमा गई एसआइपि मा आबद्ध हुन वा भुक्तानी गर्न सकिन्छ साथै उक्त लगानी गर्न इम्यानडेटको प्रयोगले अब ग्राहकलाई पटक पटक भुक्तानी समय सम्झिने झन्झटबाट समेत मुक्त गर्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्वीच अन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको इम्यानडेट मार्फत कुनैपनि किसिमको सेडुल पेमेन्टलाई एक पल्टको सेटअपको आधारमा अटोमेट गर्न सकिन्छ । डाइरेक्ट डेबिट इम्यानडेट प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायहरुले उक्त भुक्तानी उपकरण प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायहरुले उक्त भुक्तानी उपकरण प्रयोगमा ल्याउने क्रम जारी गरेको छ ।

थप जानकारीको लागि डब्लु डब्लु डब्लु डट् एनएमबिसिएल डट् कम एनपीमा हेर्न सकिने छ ।