Dhulikhel Eco Banner new

सुर्य नेपाल गोल्फ टूरको तेस्रो प्रतियोगिता बुधवारदेखि हुने

3.97K
shares

काठमाडौं, ९ पुस । सुर्य नेपाल गोल्फ टूरको तेस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपन पुस १० गते बुधवारदेखि कोशी प्रदेशको रत्न, धरान गोल्फ क्लबमा सुरु हुँदैछ। सुर्य नेपाल प्रा. लि. द्वारा प्रायोजित यस ५४ होलको प्रतियोगिता तीन दिनसम्म चल्नेछ र यसको कुल पुरस्कार राशि ८ लाख ८२ हजार हुनेछ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजारको आकर्षक पुरस्कार जित्नेछन् भने दोस्रो स्थान प्राप्त गर्नेले १ लाख प्राप्त गर्ने जनाएको छ । तेस्रो स्थान प्राप्त गर्नेले ७५ हजार पाउनेछन् र शीर्ष २१ स्थानमा रहने अन्य खेलाडीले पनि पुरस्कारको हिस्सा पाउने जनाएको छ ।

प्रतियोगिता शनिबार, पुस १३ मा प्रो-एम प्रतियोगितासँग समाप्त हुनेछ जहाँ शौकिया गोल्फरहरूले पेशेवर खेलाडीहरूसँग मिलेर रोमाञ्चक खेलको अनुभव गर्नेछन्।

कुल २९ पेशेवर गोल्फर र २६ शौकिया गोल्फर (जसको ह्यान्डिक्याप ५ वा मुनि छ) प्रतियोगितामा भाग लिनेछन्। प्रमुख प्रतिस्पर्धीहरूको सूचीमा भुवन नागरकोटी, दिनेश प्रजापती, जयराम श्रेष्ठ, निरज तामाङ, सञ्जय लामा, र धना थापा रहेका छन्।

प्रतियोगितामा ३६ होल पछि कट लागू गरिनेछ र शीर्ष २१ पेशेवर र शौकिया गोल्फरहरू फाइनल १८ होलको खेलमा पुग्ने जनाएको छ । सुर्य नेपाल गोल्फ टूरमा कुल ८ प्रतियोगिताहरू हुनेछन भने जसको कुल पुरस्कार राशि ६.७३२ मिलियन हुने जनाएको छ।

धरान गोल्फ क्लब, जसको चुनौतीपूर्ण रुखले घेरिएको गोल्फ फिल्ड र शट शपिङ्गको आवश्यकता, नेपालका गोल्फ क्यालेन्डरमा अर्को रोमाञ्चक अध्याय थप्न तयार रहेको जनाएको छ।