Dhulikhel Eco Banner new

विभान्ता डेन्टल, हिमाल डेन्टल र प्रभु बैंकबीच सम्झौता

3.21K
shares

काठमाडौं, ११ पुस । विभान्ता डेन्टल हस्पीटल प्रा.लि.तथा  हिमाल डेन्टल हस्पीटल प्रा.लि.र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पीटल प्रा.लि.को दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकका अनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २० प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल प्रा.लि.र हिमाल डेन्टल हस्पीटल प्रा.लि.मा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौता–पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पीटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको हो ।