इन्लाइटन इन्टरनेसनल एजुकेशनद्वारा युकेमा उच्च शिक्षा प्राप्तिका लागि सुनौलो अवसर
वि.सं.२०८१ फागुन ५ सोमवार १३:१३
shares

काठमाडौं, ५ फागुन । बागबजार स्थित शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले युकेमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि एक सुनौलो अवसर ल्याएको छ ।
इन्लाइटनले आगामी फेब्रुअरी १९ मा युनिभर्सिटी अफ सन्डरल्यान्ड, युकेको अप्रिल इन्टेकका लागि विशेष इन(हाउस सूचना सत्र आयोजना गर्ने घोषणा गरेको हो ।
कार्यक्रम बागबजारस्थित इन्लाइटनकै कार्यालयमा बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्जालन हुनेछ । यस अवसरमा विद्यार्थीहरूले युनिभर्सिटीका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने मौका पाउने जनाएको छ।
कम्पनीका अनुसार यस सूचना सत्रमा सहभागी विद्यार्थीहरूले ५ हजार पाउण्डसम्म छात्रवृत्ति अवसर पाउने छन् भने प्री(क्यास अन्तर्वार्ता बिना नै आवेदन प्रक्रिया, योग्य विद्यार्थीहरूका लागि अंग्रेजी भाषा छुट पनि पाउने छन् ।
गार्जियन युनिभर्सिटी गाइड २०२५ का अनुसार युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको शीर्ष ४० विश्वविद्यालयमध्ये एक हो । साथै क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङ २०२५ अनुसार अन्तर्राष्ट्रिय विद्यार्थी विविधतामा विश्वकै दोस्रो स्थानमा पर्दछ ।
इन्लाइटनले विद्यार्थीहरूलाई युकेको गुणस्तरीय शिक्षा प्रणाली, छात्रवृत्तिको सम्भावना, र अध्ययन प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने लक्ष्य राखेको छ ।
सूचना सत्रमा भाग लिन इच्छुक विद्यार्थीहरूले https://forms.gle/1UvHUu6Q3zYpdrL99 मार्फत निःशुल्क दर्ता गर्न सक्नेछन्।



















