ह्वावेले नेक्स्ट जेनेरेसन साइट पावर फेसिलिटी आर्किटेक्चर सार्वजनिक
वि.सं.२०८१ फागुन २२ बिहीवार ११:२२
shares

काठमाडौं, २२ फागुन । एमडब्ल्यूसी बार्सिलोना-२०२५ मा ह्वावेले आफ्नो नयाँ साइट पावर फेसिलिटी आर्किटेक्चर सिंगल साइटपावर र एआई डाटा सेन्टर निर्माण गाइडलाइन आरएएसटिइएम सार्वजनिक गरेको छ। ह्वावे डाटा सेन्टर सुविधा र क्रिटिकल पावर उत्पादन लाइनका अध्यक्ष, हे बोलेले यी गाइडलाइनहरू प्रस्तुत गर्दै अपरेटरहरूलाई ऊर्जा व्यवसायको रूपमा फस्टाउन र एआईको नयाँ युगमा उच्च स्तरीय आईसीटी सुविधाहरू निर्माण गर्न सहयोग पुर्याउने कुरा बताएका हुन्।
हे बोका अनुसार, बुद्धिमान युगमा डेटा केन्द्रहरूको नेटवर्क आर्किटेक्चरको विकाससँगै डिजिटल र बौद्धिक ऊर्जाको मागमा वृद्धि भइरहेको छ। ह्वावेले निरन्तर नवप्रवर्तन गर्दै अपरेटरहरूलाई ऊर्जा ग्राहकको रूपमा सफल बनाउन मद्दत गर्दै आएको छ।
कम्पनीका अनुसार सिंगल साइटपावर एक अत्याधुनिक बौद्धिक आर्किटेक्चर हो जसले पावर स्रोत, ग्रिड र लोडदेखि भण्डारणसम्मका प्रक्रियामा द्विदिशात्मक अन्तरक्रिया लागू गर्दै नेटवर्क, पावर ग्रिड र वायरलेस सुविधाहरूलाई एकीकृत गर्छ। यो आर्किटेक्चर ऊर्जा दक्षता सुधार, पावर उपलब्धता र नेटवर्क कार्बन तीव्रता घटाउन सहयोग पुर्याउँछ। ह्वावेले यस आर्किटेक्चरलाई लचिलोपन, ग्रीन प्रविधी र भरपर्दो ऊर्जा आपूर्ति सुनिश्चित गर्न विश्वासका साथ प्रस्तुत गरेको छ।
ह्वावेले एआई डाटा सेन्टरहरूको लागि आरएएसटिइएम निर्माण गाइडलाइन पनि सार्वजनिक गरेको जनाएको छ।कम्पनीका अनुसार यस गाइडलाइनले एआई डाटा सेन्टरहरूमा विश्वसनीयता, अनिश्चितता, द्रुत डेलिभरी र उच्च पावर मागलाई सम्बोधन गर्न मद्दत पुर्याउँछ। ह्वावेका अनुसार, एआई डाटा सेन्टरहरूलाई अनुकूलनीय र लचिलो बनाउने उद्देश्यले मोड्युलर डिजाइन र इलेक्ट्रोमेकानिकल डिकप्लिङ अपनाउनुपर्छ।



















