Dhulikhel Eco Banner new

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा कमलेश कुमार अग्रवाल चयन

4.43K
shares

काठमाडौं, १२ असोज । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी सर्वसम्मतिले पारित गरिएको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको रूपमा पि. एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरिएको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष कयालले कम्पनीलाई उदाहरणीय बनाउन संरचनात्मक सुधार, सुशासन, सुदृढ आन्तरिक प्रणाली, तालिम, अनुसन्धान, बैज्ञानिक र विविधिकृत लगानी रणनीति तथा अन्तर्राष्ट्रिय लगानी अभ्यासहरू अवलम्बन गर्दै अघि बढिएको जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले आर्थिक वर्ष २०८१/८२ को कार्य प्रगति र २०८२/८३ को रणनीतिक योजना प्रस्तुत गर्दै कम्पनीको आगामी दिशा स्पष्ट पारे।

सभामा प्रमुख कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक कमलेश कुमार अग्रवालले बीमितको रकम सुरक्षित र लाभदायक रूपमा लगानी गर्न व्यवस्थापनलाई आग्रह गरे। त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मूलधनको सुरक्षा र सही समयमा, सही स्थानमा लगानी गर्न सुझाव दिँदै कम्पनीको ब्रान्ड छवि उपयोग गरेर विकासमा जोड दिनु पर्ने बताए।

सभाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका चार जना  कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाल  लाई सञ्चालक नियुक्ति स्वीकृत गरेको छ।

साधारण सभा सम्पन्न भएलगत्तै बसेको सञ्चालक समितिको बैठकले कमलेश कुमार अग्रवाललाई नयाँ अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ। साथै, सम्पूर्ण नव नियुक्त सञ्चालकहरूले पदबहाली गरिसकेका छन्।