नबिल इन्भेष्टमेन्ट बैंकिङको १६औं वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८२ असोज २४ शुक्रवार १६:०३
4.84K
shares
shares

काठमाडौं, २४ असोज । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको १६औं वार्षिक साधारण सभा असोज २४ गते, शुक्रबार बिहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय, नक्साल काठमाडौंमा सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न सभामा संचालक समिति, शेयरधनीहरू तथा व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिती रहेको थियो।
सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर, अर्थात् ८ करोड १० लाख, र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश ४२ लाख ६३ हजार १५७.८९ वितरण गर्ने प्रस्ताव पारित गरेको छ।



















