Dhulikhel Eco Banner new

लामिनारद्वारा मेरो सपनाको घर—नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

3.24K
shares

काठमाडौं, २१ मंसिर । लामिनार भिट्रिफाइड टायलले मिस नेपाल २०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठको नेतृत्वमा “मेरो सपनाको घर” नामक नेपालकै पहिलो घर सजावट अभियान सुरु गरेको छ।

यस अभियानअन्तर्गत दुई नेपाली परिवारले आफ्नै घरको एक कोठा र एक बाथरूम पूर्ण रूपमा निःशुल्क मेक–ओभर पाउनेछन्। सहभागी हुन इच्छुकहरूले ३० सेकेन्डदेखि ३ मिनेटभित्रको भिडियो बनाएर आफ्नो कोठा वा बाथरूमलाई किन रूपान्तरण गर्न आवश्यक छ भन्ने कुरा बताएर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। प्राप्त भिडियोहरूको मूल्यांकन कथन, आवश्यकता, सिर्जनात्मकता र संलग्नताको आधारमा गरिनेछ।

विजेताले प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन सेवा, सम्पूर्ण कार्यान्वयन र फोटो–भिडियो अभिलेखीकरण पाउनेछन्। भिडियो पठाउने अन्तिम मिति २०२६ जनवरी २ र विजेता घोषणा २०२६ जनवरी ७ तोकिएको छ। यस अभियानमार्फत नेपाली घरलाई आकर्षक, उपयोगी र आरामदायी बनाउने सन्देश दिन खोजिएको छ।