महासंघका वरिष्ठ उपाध्यक्ष ढकाललाई बैंक तथा वित्तीय व्यवसायी विशेष सम्मान
वि.सं.२०७९ असोज ९ आइतवार १९:१६
shares
फाइल फोटो
काठमाडौं, ९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल बैंक तथा वित्तीय व्यवसायी विशेष सम्मानबाट सम्मानित भएका छन् । एएमएस म्युजिक तथा इन्टरटेनमेन्टले आयोजना गरेको एएमएस सम्मान तथा अवार्ड कार्यक्रममा बैंकिङ क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप ढकाललाई सो सम्मान प्रदान गरिएको हो ।
सम्मानपत्रमा बैंकिङ क्षेत्रमार्फत देशको अर्थतन्त्रमा पुर्याएको योगदान अतुलनिय रहेको उल्लेख गरिएको छ । ढकाल हाल ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन् । कार्गो व्यवसायबाट व्यवसायी यात्रा थालेको ढकाल निरन्तरको संघर्ष पछि अहिले स्थापित उद्योगीका रुपमा परिचय बनाउन सफल भएका छन् ।
उनले अहिले जलविद्युत, केबलकार, ट्राभल्स एण्ड टुर लगायत क्षेत्रको व्यवसायमा स्थापित भइसकेका छन् । उनी चैतपछि स्वत महासंघको अध्यक्षका रुपमा कार्यकाल सम्माल्दै छन् । अहिले विदेशमा रहेका ढकालको सम्मानपत्र महासंघका स्वास्थ्य तथा सामाजिक सिपि विकास समितिका सभापति हेमराज ढकालले ग्रहण गरेका थिए ।



















