Dhulikhel Eco Banner new

बंगलादेशमा पनि विद्युत निर्यात हुने

12.62K
shares

काठमाडौं, ९ कात्तिक । नेपालले बंगलादेशमा पनि विद्युत निर्यात गर्ने भएको छ । बंगलादेशले नेपालसँग ५० मेगावाट विद्युत खरिद गर्ने भएको हो ।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र त्यहाँका प्रधानमन्त्री शेख हसिनाबीच भएको भेटका क्रममा बंगलादेशी प्रधानमन्त्रीले यस्तो बताएकी हुन् । प्रधानमन्त्री हसिनाले सन् २०४० सम्म बंगलादेशले ९ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेकी छिन् ।

बंगलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ । राजदूत भण्डारी र प्रधानमन्त्री हसिना बीच भएको भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।