Dhulikhel Eco Banner new

चर्च ब्वाइज युनाइटेडको मुख्य प्रायोजकमा अपि पावर कम्पनी

4.9K
shares

काठमाडौं, २६ वैशाख । शहिद स्मारक “ए” डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको मुख्य प्रायोजकमा अपि पावर कम्पनी लिमिटेड रहेको छ । मंगलबार क्लब र अपि पावर कम्पनीबीच प्रयोजन सम्बन्धि सम्झौतामा हस्ताक्ष भएको हो ।

सम्झौता पत्रमा अपि पावर कम्पनी लिमिटेडको तर्फबाट कम्पनीको कार्यकारी संचालक संजिव न्यौपाने र चर्च ब्वाइज युनाइटेडको तर्फबाट क्लबका अध्यक्ष टंकलाल राईले हस्ताक्षर गरेका हुन् । प्रयोजन सम्झौता पछि अब क्लब अपि पावर चर्च ब्वाइज युनाइटेडको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुनेछ । क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतीको लागि अपिपावर कम्पनी लिमिटेडले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्ने छ ।

छोटो समयमा शहिद स्मारक “ए” डिभिजन खेल्न सफल चर्च ब्वाइज युनाइटेडलाई थप उचाईमा पुर्‍याउन सफल साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा थप सफलता हासिलगर्ने उदेश्यका साथ सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको फुटबललाई नयाँ उचाइमा लैजानुका साथै खेलाडीलाई प्रोत्साहन गरी क्वबको संरचना बलियो बनाउने सहमति भएको छ ।

कम्पनीले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग उपलब्ध गराउने भएको छ । नेपाल स्टक एक्सचेन्जमा सुचिकृत यस अपि पावर कम्पनी लिमिटेडको हालदुई वटा जलविद्युत र दुई वटा सौर्य आयोजना सहितपाँच वटा आयोजना संचालनमा रहेका छन् । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

नेपालको उर्जा क्षेत्रको प्रख्यात संस्था अपिपावर कम्पनि लिमिटेडले देशमा प्रशस्तमात्रामा उपलब्ध पानी र नविकरणीय श्रोतको उपयोग गरी विद्युत उत्पादनगरि देशलाई उर्जामा आत्मनिर्भर बनाउने उदेश्य बोकेको छ । राष्ट्रको एक जिम्मेवार संस्थाको नाताले सामाजिक रुपान्तरण, युवाश सक्तिकरण तथा खेलकुदको दिगो विकासमा अपिपावर कम्पनी लिमिटेडले विभिन्न कार्यक्रम तथा सहयोग गर्दै आएको छ ।