थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
वि.सं.२०८० वैशाख २० बुधवार १८:१६
4.1K
shares
shares

काठमाडौं, २० वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो । ३३६ पीसीआर परीक्षणमा २७ र २,१९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट भने कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको २२० रहेको छ ।















