Dhulikhel Eco Banner new

जहाजका पार्टपुर्जा खरिदमा बाहिरियो ६ अर्ब रुपैयाँ

6.2K
shares

काठमाडौं, १२ भदौ । एक वर्षको अवधिमी जहाजका पार्टपुर्जा खरिदका लागि नेपालबाट ६ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा ६ अर्ब २ करोड ८५ लाखको जहाजका पार्टपुर्जा आयात भएको हो ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो पार्टपुर्जाका लागि ३ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ विदेशिएको थियो । अघिल्लो वर्ष कम आयात हुनुमा कोभिड–१९ लाई पनि कारण मानिएको छ ।

लकडाउनको समयमा हवाई यातायात समेत लामो समय प्रभावित बनेका कारण त्यस्ता पार्टपुर्जा कम आयात भएको बताइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २१ अर्ब ३६ करोड ९० लाख रुपैयाँ बराबरको पार्टपुर्जा आयात भएको तथ्यांकले देखाएको छ ।