‘सबैतिर मिलेको देखियो, छानबिन पछि कारवाही हुन्छ’
वि.सं.२०७९ साउन १७ मंगलवार १५:४२
shares

काठमाडौं, १७ साउन । बाँकेका सर्जन विश्वकर्माको बीमा रकम पाउनकै लागि नक्कली विहे गर्ने देखि साहुले नै बीमा शुल्क तिर्ने सम्मको काम भएको अनुसन्धताबाट पाइयो । अनि बीमा रकमको लोभमा बिमितको हत्या समेत गरिएको घटना बाहिरीए पछि अहिले बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले यसलाई कसरी हेरिरहेको छ त ? यसै फेरिफेरिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग केटिएम भ्वाइसले गरेको कुराकानीको सम्पादीत अंश :
बीमा समतिले सर्जन विकको विषयलाई कसरी लिएको छ ?
बीमा समितिले यो विषयलाई निकै गम्भिरताका साथ लिएको छ । यस्तो हुन हुँदैन थियो । यो विषयमा के भएको भन्ने विषयमा अहिले बोल्न हतार हुन्छ । सम्बन्धित डकुमेन्ट मगाएका छौँ अध्ययन पछि बोल्नु उपयुक्त होला ।
पोलिसि डकुमेन्ट मगाएर छानबिन गरे पछि यसको विषयमा थप बोल्न सकिने भयो । घटना घटेपछि हामीले सम्बन्धित डकुमेन्ट हेर्नै पर्यो । कम्पनीले व्यवसाय गर्ने हो । नियमनले प्रत्यक पोलिसि हेर्न सम्भवन हुँदैन त्यसैले कम्पनी चनाखो हुनु पर्ने हो । वर्षमा लाखौँ पोलिसि जारी हुन्छ सबै हेरेर बस्न पनि सकिदैन् । अहिले घटना घटेपछि यो बाहिर आयो । कम्पनीसँग काजगात माग गरिएको छ त्यो छानबिन पछि के कारबाही गर्ने भनेर अगाडि बढ्छौँ ।
आर्थिक अवस्था कमजोर भनिएको छ बीमा गर्दा आयस्रोत हर्न पर्दैन ?
हामीले नियन्त्रण गर्न खोजेको विषय पनि यहि नै हो । सुरक्षाका हिसाबले पनि सबै कागजातहरु राख्नु पर्छ । आयस्रोत पनि देखाउनु पर्छ । सर्जन विकको केसमा यो छैन भन्ने कुरा नै आइरहेको छ ।
हामीले बुझ्दा खेरि बार्षिक २५ लाखको आयस्रोत छ भनेर पालिकाको वडाले नै सिफारिस गरेको अवस्था छ । त्यहि गल्ती भयो । त्यस्तो नहुने मानिसको सिफारिस नै गर्नु हुँदैन त । वडा भनेको सरकार हो सरकारले भनेको कुरा त विश्वासिलो हुनु पर्छ भनेर मान्नु पर्यो ।
बदमासि त सबै ठाउँबाट भयो । सुरुमै पोलिसि काट्न लगाउने मान्छे जो हो अभिकर्ता त्यसले नै बदमासि गरेको देखिन्छ । उसको क्षमता छ कि छैन्, शुल्क समयमा तिर्न सक्छ कि सक्दैन भनेर बुझ्नु पर्ने हो । तर यो घटनामा उ पनि मिलेको देखियो ।
त्यहाँबाट आए पछि शाखाले पनि त्यसलाई हेर्नु पर्ने हुन्छ । त्यसभन्दा माथि प्रदेशमा हेर्नेहोला, अनि केन्द्रमा पनि हेर्नु पर्ने होला तर त्यसो नभएको जस्तो देखियो । कम्पनीलाई पनि जसरी भए पनि पैसा लाउँ र एक नम्बरको हो भन्ने देखाँउनले होडबाजिले पनि यस्तो भयो । पैसा जुनसुकै स्रोतबाट आए पनि हुने नियतले गर्दा यस्तो भएको देखिन्छ । निर्देशिकाले पनि यस्तो नगर्नका लागि भनेको अवस्था हो ।
यो घटनाले त जोखिम बहन होला भनेर गरिने बीमाका कारण नै थप जोखिम पो बढ्ने देखिए जस्तो लाग्दैन ?
घटनालाई जनरलाइज नगरौँ । अपराध संसारमा जहाँ कही पनि हुन्छ बीमा क्षेत्रमा । तर यो घटनामा सबै सचेत हुनु पर्ने थियो त्यसो नभएको देखिन्छ । कम्पनीको जुन जुन विभागसँग सम्बन्धित छ त्यो पनि होला । शाखा देखि नै यसमा केही कमजोरी भएको देखिन्छ ।
शाखाले आम्दानीको स्रोत छ कि छैन्, यो मान्छे कस्तो हो, भोलिका दिनमा पोलिसिको पैसा तिर्न सक्छ कि सक्दैन भनेर विचार गरेर गर्नु पर्ने थियो । तर त्यसो नभएका कारण नै यो घटना घट्न गयो ।

















