Dhulikhel Eco Banner new

बीमा कम्पनीले गरे साउन महिनामा १५ अर्ब बढीको व्यवसाय, कुन कम्पनीको कति ?

6.28K
shares

काठमाडौं, १७ भदौ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुले १५ अर्बभन्दा बढीको बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार १९ वटा जीवन बीमा कम्पनीलहरुले साउन महिनामा १५ अर्ब ५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

एक महिनाको अवधिमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । नेपाल लाइफले साउनमा ४ अर्ब ७७ करोड ३६ लाख ९१ ह्जार रुपैयाँ कुल बीमाशुल्क संकल गरेको छ । एक महिनाको अवधिमा सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । महालक्ष्मीले साउन महिनामा १६ करोड ४६ लाख ५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

बीमा शुल्क आर्जन गर्नेको दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ । कर्पोरेशनले १ अर्ब ८८ करोड ४९ लाख ८ हजार रुपैयाँ संकलन गरेको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले एक महिनामा १ अर्ब ६१ करोड ५५ लाख ७० हजार बीमा शुल्क संकलन गरेको छ । यी बाहेक अरु कम्पनी अर्ब क्लबमा पुग्न सकेका छैनन् ।

एक महिनामा बीमा संस्थानले ५० करोड, २० लाख ९८ हजार, मेट लाइफले ४८ करोड, ३२ लाख ४० हजार, एशिएन लाइफले ७० करोड, ६९ लाख ७६ हजार, गुराश लाइफले ४० करोड ३७ लाख ३७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै सूर्या लाइफले ५४ करोड ७ लाख ९० हजार, प्राइम लाइफले ४६ करोड २३ लाख ७६ हजार, आइएमई लाइफले ३८ करोड २३ लाख १९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यता युनियन लाइफले ८० करोड ३८ लाख ९५ हजार, ज्योति लाइफले ४० करोड ३८ लाख ४६ हजार, सन नेपाल लाइफले ३९ करोड ४२ लाख ८ हजार, रिलायन्स लाइफले ३० करोड १५ लाख २० हजार र रिलायवल आर्यफले २९ करोड २१ लख १४ हजार रुपैयाँ संकलन गरेका छन् । त्यस्तै सिजिटन लाइफले ५१ करोड ९७ लाख २० हजार, सानिमा लाइफले १८ करोड ७३ लाख ३० हजार र प्रभु लाइफले २३ करोड ४४ लाख ८३ हजार रुपैयाँ संकलन गरेका छन् ।