Dhulikhel Eco Banner new

लघुबीमाका लागि करिब तीन दर्जन आवेदन (सूचीसहित)

7.19K
shares

काठमाडौं, १३ असोज । लघुबीमाका लागि अन्तिम समयमा आवेदन दिनेको ओहीरो लागेको छ । बीमा समितिले आवेदन माग गरेको लघुबीमाका लागि करिब ३ दर्जन कम्पनीको आवेदन परेको हो । समितिले ३५ दिनको म्याद राखेर आवदन माग गरेको थियो र बिहीबार १२ बजेसम्म ३१ वटा कम्पनीको आवेदन परेको छ ।

बुधबारसम्म ७ वटा कम्पनीले आवेदन दिएका थिए भने बिहीबार एकै दिन २४ वटा कम्पनीको आवेदन परेको छ । ३२ औँ दिनसम्म कुनै पनि कम्पनीको आवेदन परेको थिएन् ।

समितिमा मंगलबार नेको लाइट (जनरल) इन्स्योरेन्स, स्वेदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, नेपाल माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इनस्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्सले आवेदन परेको छ ।

यस्तै, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नती माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रो जनरल इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, मुक्तिनाथ माइक्रोलाइफ इन्स्योन्स, गरिमा माईक्रो इन्स्योरेन्स, सिजि लाइफ इन्स्योरेन्स, सिजि इनस्योर, सिजि इन्स्योरेन्स माईक्रो इन्स्योरेन्स, गण्डकी माईक्रो इन्स्योरेन्स, स्टार माईक्रो इन्स्योरेन्स रहेका छन् ।

त्यसैगरि प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स, केष्स्ट माईक्रो इनस्योरेन्स, लिवर्टी माईक्रो इन्स्योरेन्स, श्री शक्ति लघु जीवन बीमा, कोयर माईक्रो जनरल, अभियान लघुबीमा, हिम शिखर जीवन लघुबीमा, सुरक्षा लघु बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् ।

आवेदन दिनमो १५ वटा जीवन र १६ वटा निर्जिवन लघुबीमा कम्पनीको आवेदन परेका समितिले जनाएको छ ।

लघुबीमाको लागि पुँजी कम्तीमा ७५ करोड रुपैयाँ तोकिएको छ । प्रस्तावकर्ताले ७५ करोड चुक्तापुँजीमध्ये ५१ प्रतिशत सेयर संस्थापकले धारण गर्न पाउने छन् भने कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्नेछ । तर, अहिले ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी राखेर समितिमा प्रस्ताव पेश गर्न सकिने समितिले जनाएको छ ।

सरकारले बजेटमार्फत लघुबीमा संचालनको प्रस्ताव गरेको थियो । बीमा समितिले ३ जीवन, ४ वटा निर्जीवन गरि कुल ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिनेछ ।