बीमा विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण
वि.सं.२०७९ असोज २३ आइतवार १८:४९
shares

काठमाडौं, २३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले आइतबार बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेय प्रमाणीकरण गरेकी हुन् ।
संघीय संसदको दुवै सदनबाट पारित भएका विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेकी हुन् । बीमा विधेयक प्रमाणीकरण भएसँगै बीमा ऐन २०७९ कार्यान्वयनमा आउने भएको छ । बीमा ऐन २०७९ मा बीमा समिति अब बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ । समिति प्राधिकरण बनेपछि पुरानो ऐन खारेजी हुने र नयाँ ऐन कार्यान्वयनमा आउने भएको हो ।
करिब ४ वर्षको विवादपछि अर्थसमितिले छलफल टुंग्याएर उक्त विधेयक संंसदमा पठाएको थियो । संसदका दुवै सदनबाट पारित भएर बीमा विधेयक राष्ट्रपतिकोमा पठाइएको थियो ।
बीमा विधेयकसँगै अन्य दुई विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् । जसमा सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन, एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।



















