Dhulikhel Eco Banner new

९ बीमा कम्पनीले कात्तिक महिनादेखि एकीकृत कारोबार गर्ने

5.54K
shares

काठमाडौं, २४ असोज । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि विभिन्न बीमा कम्पनीहरु मर्जरमा जाने विषयमा सम्झौता गरेका छन् । हालसम्म १७ वटा कम्पनीले मर्जरमा जाने सम्झौता गरेका छन् भने दुई कम्पनीले एकीकृत कारोबार नै सुरु गरिसकेका छन् ।

मर्जरमा जाने सम्झौता गरेकामध्ये ७ वटा कम्पनीले कात्तिक महिनामा एकीकृत कारोबार गर्ने भएका छन् । मर्जर सम्झौता गरेका सूर्या लाइफ र ज्योति लाइफ, प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफ तथा सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीले कात्तिक महिनाभित्र एकीकृत कारोबार गर्ने भएका छन् । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले एकीकृत करोबार शुरू गरिसकेका छन् ।

समितिले पुँजी वृद्धिको योजना ल्याएको र त्यसका लागि पहिलो प्राथमिकतामा मर्जरलाई राखेको छ । मर्जरमा जाने सम्झौता गरेका कम्पनीलाई समितिले सैद्धान्तिक सहमति समेत दिइसकेको छ । सम्झौता गरेका कम्पनीलहरुले एकीकृत कारोबार गर्ने मिति पनि तोकिसकेका छन् ।

मर्जरमा जाने सम्झौता गरेका सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स, प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफलले कात्तिक १ गतेदेखि एकीकृत कारोबारको थालनि गर्ने छन् । त्यस्तै सानिमा र जनरल इन्स्योरेन्सले पनि कात्तिक १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले कात्तिक महिना भित्र एकीकृत कारोबार गर्ने मिति तोकेका छन् ।

ज्योति लाइफ र सूर्या लाइफबीच असार १२ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । सानिमा र जनरल इन्स्योरेन्स बीच असार २९ गते मर्जरमा जाने सम्झौता भएको थियो । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले असार २७ गते मर्जर सम्झौता गरेका थिए ।

यी बाहेक सानीमा लाइफ र रिलायन्स लाइफ, इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल, प्रभु लाइफ र महालक्ष्मी लाइफ, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले मर्जर सम्झौता गरिसकेका छन् ।

२९ असारमा मर्जरो सम्झौता गरेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले पुसपभि एकीकृत कारोबार गर्ने छन् । असार ३० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेका सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलले चैतमा एकीकृत कारोबार गर्ने गरि आवेदन दिएको बीमा समितिले जनाएको छ । असार २७ मा मर्जर सम्झौतामा हस्ताक्षर गरेका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले कम्पनीले पनि पुस मसान्तभित्र एकीकृत कारोबार शुरू गर्ने जनाएका छन् ।

असार ३२ गते मर्जरमा जाने सम्झौता गरेका प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले फागुन महिनादेखि एकीकृत करोबार सुरु गर्ने छन् । बीमा समितिले जीवन बीमा कम्पनीको जुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको जुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो । समितिले जुक्ता पुँजी बढाउन दिएको समय २०७९ साल चैत मसान्तसम्म रहेको छ ।