Dhulikhel Eco Banner new

निर्जीवन बीमा कम्पनीको एक महिनाको व्यवसाय ३ अर्ब ३९ करोड

6.15K
shares

काठमाडौं, २६ असोज । निर्जिवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै ३ अर्ब बढीको व्यवसाय गरेका छन् । १९ वटा निर्जीवन बीमा कम्पनीले भदौ महिनामा ३ अर्ब ३९ करोड ८७ लाख २० हजरको बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको दोस्रो महिनामा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले भदौ महिनामा ३६ करोड १८ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । समितिले सार्वजनिक गरेको मासिक विवरण अनुसार यो अवधिका शिखर इन्स्योरेन्सले ३१ करोड ७१ लाख ९७ हजार रुपैयाँको व्यवसाय गरेको छ ।

बढी बीमा शुल्क आर्जन गर्नेको शिर्ष तीन भित्र परेको नेको इन्स्योरेसन्ले भदौ महिनामा २६ करोड ८६ लाख ७७ हजार रुपैयाँको बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै यो अवधिमा सगरमाथा इन्स्योरेन्सले नेकोभन्दा केही मात्रै कम २६ करोड ११ लाख २६ हजार रुपैयाँको व्यापार गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले २३ करोड ५७ लाख ७२ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २३ करोड १० लाख ३७ हजार, एनएलजीले २० करोड २१ लाख ६२ हजार रुपैयाँ आर्जन गरेका छन् । प्रिमियर इन्स्योरेन्सले १९ करोड ८८ लाख ३५ हजार, प्रभुले १९ करोड ५१ लाख २७ हजार, अजोडले १५ करोड १६ लाख ५९ हजार र नेपाल इन्स्योरेन्सले १४ करोड ८८ लाख ३८ हजारको व्यवसाय गरेको छ ।

त्यस्तै भदौ महिनामा लुम्बिनी जनरलले १३ करोड ३७ लाख ९७ हजार, आइएमई जनरलले १२ करोड ५० लाख ६७ हजार, दि ओरियन्टलले ११ करोड ८५ लाख ४० हजार, प्रूडेन्सियलले ११ करोड ७८ लाख ३४ हाजार, युनाइटेडले ९ करोड ७२ लाख ५४ हजार, नेशनल इन्स्योरेन्सले ८ करोड ५० लाख ५८ हजार, सानिमा जनरलले ८ करोड २५ लाख ३५ हजार र जनरल इन्स्योरेन्सले ६ करोड ६३ लाख १३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीले भने भदौ महिनामा १० अर्ब ९७ अर्ब ५३ लाख १९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।