GBIME

कोरोना बीमा भुक्तानी : रकम बीमक संघको खातामा, संघ छलफल मै

1.61K
shares

काठमाडौं, २१ कात्तिक । लामो समयका प्रतिक्षा पछि अब कोरोना बीमा गरेकाहरुले बीम रकम प्राप्त गर्ने बाटो खुलेको छ । अर्थमन्त्रालयबाट रकम भुक्तानी भएसँग कोरोना बीमा गरेका र कोरोना पोजेटिभ भएकाहरुले बीमा रकम पाउने भएका हुन् ।

अर्थमन्त्रालयले बीमा समितिमा पठाएको रकम अहिले नेपाल बिमक संघको खातामा पाठाइसकिएको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार अर्थमन्त्रालले पठाएको रकम बीमक संघमा पठाइएको र बीमक संघले नै रकम भुक्तानीको काम गर्ने छ । समितिले शुक्रबार संघको खातामा रकम भुक्तानी गरेको प्रवक्ता पौडलेले जानकारी दिए ।
समितिले संघको खातामा पठाएको रकम भुक्तानीको विषयमा अहिले छलफल भइरहेको नेपाल बिमक संघका अध्यक्ष चङ्खी क्षेत्रीले बताए । रकम प्राप्त भएको र भुक्तानीको मापदण्डका विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

अर्थमन्त्रालले कोरोना बीमा भुक्तानीका लागि १ अर्ब रुपैयाँ निकासा गरेको थियो । कोरोना बीमा भुक्तानी दावी गरेका व्यक्तिहरुलाई तिर्नु पर्ने रकम ११ अर्ब रहेको छ । अहिले १० प्रतिशत निकासी भएकाले पहिला आवेदन दिएकालाई पहिला भुक्तानी गर्ने गरी मापदण्ड तयार पारिएको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।