Dhulikhel Eco Banner new

आईएमई लाइफ इन्स्योरेन्सले कमायो २६ करोड ७८ लाख खुद नाफा

3.21K
shares

काठमाडौं, १६ माघ । आईएमई लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमाससम्ममा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २३ करोड ४७ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७१ पैसा छ ।

५ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ छ भने विपत्ति कोष आकार २१ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा छ ।