Dhulikhel Eco Banner new

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

4.84K
shares

काठमाडौं, ५ असार । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफा घाषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको हो ।

कम्पनीले वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने जनाइएको छ । असार ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।