अमेरिकामा रोजगारी सृजना वृद्धि, बेरोजगारीको समस्या हट्दै
वि.सं.२०७९ साउन २१ शनिवार ११:१०
shares

काठमाडौं, २१ साउन । जुलाईमा अमेरिकी बेरोजगारी दर ३ दशमलव ५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले बताएको छ ।
अमेरिकी रोजगारीको अवस्थामा वृद्धि गत महीनामा पनि उल्लेख्य देखिएको छ । थप ५ लाख २८ हजारभन्दा बढी रोजगारी पाएको र यसलाई मन्दी आउने अनुमानबीच एक आश्चर्यजनक उपलब्धिका रूपमा लिइएको सरकारद्वारा शुक्रवार सार्वजनिक तथ्याङ्कमा बताइएको छ ।
कोभिड–१९ महामारीपछि उद्योग तथा फर्महरूले मागेको जनशक्तिका कारण यसअघि रोजगारी गुमेका अत्यधिक व्यक्तिले रोजगारी पाएका कारण अमेरिकी बेरोजगारी दर ३ दशमलव ५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले बताएको छ ।
तथ्याङ्कअनुसार कुल गैर–कृषि रोजगार पनि महामारीअघिको स्तरसम्म पुनः पुगेको तथ्याङ्कले देखाएको छ । एएफपी















