Dhulikhel Eco Banner new

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प यौन काण्डमा दोषी ठहर, ६५ करोड भन्दा बढी जरिवाना

5.07K
shares

काठमाडौं, २७ वैशाख । एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक महिलामाथि यौन शोषण र मानहानी गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

पत्रकार ई. जिन कैरलले आफुमाथि यौन शोषण र मानहानी भएको भन्दै पूर्व राष्ट्रपति ट्रम्पमाथि मुद्दा दायर गरेका थिए । जसमा ट्रम्पलाई दोषी ठहर गर्दै ५ मिलियन अमेरिकी डलर अर्थात ६५ करोड बढी जरिवाना गर्ने निर्णय गरेको छ ।

तर निवेदनमा माग दावी गरिए झै डिपार्टमेन्ट स्टोरमा कैरलमाथि बलात्कार भने गरेको नपाइएको फैसलामा उल्लेख गरिएको छ । अमेरिकी पत्रकार, लेखिका एवं स्तम्भकार ई जिन कैरलले गत वर्षको अप्रिलमा अदालतमा मुद्दा दायर गर्दै एक लक्जरी डिपार्टमेन्ट स्टोरमा उनीमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

७९ वर्षीया पत्रकार कैरलले सन् १९९६ मा आफुमाथि ट्रम्पले उक्त हर्कत गरेको भन्दै हदैसम्मको कारवाहीको काग गरेकी थिइन् ।