GBIME

कोरोना बीमाको भुक्तानी कसरी हुँदैछ ? (अध्यक्ष सिलवालसँगको अन्तरवार्ता)

1.22K
shares

काठमाडौं, २८ असोज । पछिल्लो समय निकै पेचिलो र समस्या देखिएको कोरोना बीमा भुक्तानीका लागि अर्थमन्त्रालयले केही रकम निकास गरेको छ । कोरोना बीमा गरेका व्यक्तिहरुले बीमा बापतको रकम नपाएको गुनासो आइरहेको समयमा बीमा रकम भुक्तानी हुँदा केही आसा भने पलाएको छ । अर्थमन्त्रालयले रकम भुक्तानी गरेपछि बीमा दाबी रकम कसरी विवरण हुन्छ । यो रकम सबै बिमितलाई प्रदान गर्नका लागि प्रर्याप्त छ त ? यसै विषयको फेरिफेरिमा बीमा समितिका अध्यक्ष सूर्य सिलवालसँग केटिएम भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना बीमा भुक्तानीको प्रक्रिया कहाँ पुग्यो ? अर्थमन्त्रालयबाट रकम प्राप्त भएको अवस्थामा समितिले के गरिरहेको छ ?

अहिलेसम्म वितरणको कार्य सुरु नै भएको छैन् । दशैँ बिदा पछि कार्यालय खुले पछि रकम प्राप्त भएको छ । कसरी भुक्तानी गर्ने भन्ने विषयमा बीमा कम्पनीसँग पनि बसेर सल्लाह गर्नु पर्ने हुन्छ । बीमा कम्पनीहरु आफू सल्लाह गरेर आए पछि हामीहरु उहाँहरुसँग बस्छौँ र त्यसपछि कसरी विवतरण गर्ने भन्ने विषयमा निर्णयमा पुग्छौँ । मन्त्रालयले बीमा समितिलाई १ अर्ब रुपैयाँ भुक्तानी गरेको अवस्था छ ।

मन्त्रालयले भुक्तानी गरेको रकम बीमितलाई वितरण गर्नका लागि प्रर्याप्त छ त ?

यो रकम प्रर्याप्त होइनन् । अहिले भुक्तानी भएको रकम जम्मा १० प्रतिशत मात्रै हो । बीमितलाई ११ अर्ब रुपैयाँ तिर्नु पर्ने छ । हामीलाई जम्मा १ अर्ब मात्रै प्राप्त भएको अवस्था छ । प्रर्याप्त नभए पनि सुरुवात भयो । अब विस्तारै हुन्छ । अहिले हामीलाई प्राप्त भएको रकम १० प्रतिशत हो । पहिले वितरण सुरु गरौँ अनि विस्तारै हुन्छ ।

अहिले सबै बीमितिलाई भुक्तानी गर्न सम्भव छैनन् । त्यसैले पहिले आउनेलाई प्राथमिकतामा राखेर वितरण गर्नु पर्छ । पहिला दर्ता गरेकाले पहिला भुक्तानी पाउँछन् । क्रमशः रुपमा सरकारले रकम भुक्तानी गर्दै जान्छ र बीमितले पाउँदै जान्छन । आउँदै जान्छ वितरण गर्दै जाने हो ।

बीमा मर्जरको कुरा के भइरहेको छ ?

बीमा कम्पनीहरु मर्जर गर्नु नै पर्छ । अहिले पनि मर्जरका लागि कम्पनीहरु प्रक्रियामा रहेका छन् । कम्पनीहरुले साधारण सभा गर्ने देखि लिएर मर्जरको सम्झौता गरेर आउने र एकीकृत कारोबार गर्ने मिति तोकिरहेका छन् । मर्जरभन्दा अर्को बाटो छैनन् र सबै कम्पनीहरु यो प्रक्रियामा सामेल हुनै पर्छ । अहिले प्रतिवेदनहरु समेत आइरहेका छन् ।

हालसम्म एक कम्पनीले एकीकृत कारोबार गरेको अवस्था छ । त्यो पनि डेढ महिना नै भइसक्यो । अन्य कम्पनीहरुले पनि समय तोकि सकेका छन् । सम्झौता गरेका कम्पनी मध्ये केही कम्पनीहरुले कात्तिक १ गते बाट एकीकृत कारोबार गर्ने जानकारी दिएका छन् । क्रमशः हुन्छ । कात्तिक, मंसिर, पुष र माघ महिनासम्म होला । एकीकृत कारोबार गर्ने समय चैत मसान्तसम्म रहेको छ । चैत मसान्तसम्म एकीकृत कारोबार गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

बीमा समितिले लाइसेन्स वितरण गर्ने भनेको लघुबीमामा कत्ति आवेदन परे र यसको निर्णय कहिले हुन्छ ?

लघुबीमाका लागि विभिन्न ३१ वटा कम्पनीले आवेदन दिएका छन् । समितिले ७ वटा कम्पनीका लागि आवेदन माग गरेको थियो । तर मागभन्दा निकै धेरै आवेदन परेको अवस्था हो । हामीले ७ वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने हो ।

मागभन्दा धेरै आवेदन परेका छन् । यस विषयमा क्रमशः निर्णय हुन्छ । सबै प्रमाणहरु हेर्नु पर्‍यो, यसका लागि समय लाग्छ । समितिमा परेका आवेदनका विषयमा अध्ययन गर्नका लागि अहिले कमिटी समेत निर्माण गरिएको छ । त्यो कमिटीले अध्ययन गर्छ, डकुमेन्ट केलाउँछ र त्यस पछि निर्णय हुन्छ । यसका लागि केही समय त लाग्छ ।