दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ जेठ १२ मंगलवार १५:१८
shares

काठमाडौं, १२ जेठ । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ९.२५ अंकले घटेर २७७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ८५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ताले ६.०० प्रतिशतका दरले कमाएका छन् भने त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.६५ प्रतिशतका दरले कमाएका छन् भने नेपाल रिपब्लिक मिडिया लिमिटेडका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले कमाएका छन् ।
















