Dhulikhel Eco Banner new

सेजनका पूर्वअध्यक्ष सहितका ११ पत्रकारले पाएनन् तलब

5.58K
shares

काठमाडौं, २४ असार । अन्नपूर्ण पोष्ट दैनिकमा काम गर्दाको समयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष सहित ११ जना पत्रकारलाई तलब नदिएको पाइएको छ । नेपाल न्यून नेटर्वकबाट सञ्चालित अन्नपूर्णले सेजनका पूर्व अध्यक्ष पुष्पराज आचार्य सहतिका पत्रकारलाई पारिश्रमिक नदिएको हो ।

श्रमजिवी पत्रकारहरुले आफूले पारिश्रमिक नपाएको भन्दै प्रेस रजिष्ट्रार समक्ष उजुरी दिएका थिए । यस विषयमा जानकारी दिनका लागि सूचना तथा सञ्चार मन्त्रालयल अन्नपूर्ण पोष्टलाई पत्र पठाएको छ ।

तलब नपाउनेमा पूर्व अध्यक्ष आचार्य सहित विमल आचार्य, सामीप्यराज तिमल्सेना, जीवन कुँवर, आकाश क्षेत्री, सृजना खड्का, पवन तिमिल्सिना, केदार गौतम, लोकबहादुर कटवाल, विनोदविक्रम केसी र संगीता श्रेष्ठ रहेका छन् ।