Dhulikhel Eco Banner new
HRM

सानिमा बैंकको ऋणपत्र बाँडफाँट

5.72K
shares

काठमाडौं, ३० असार । सानिमा बैंकको ऋणपत्र बाँडफाँट भएको छ । असार १० गतेदेखि असार २४ गतेसम्म निष्कासन गरेको १० वर्षे सानिमा बैंक लिमिटेडले अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको १०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९ नामको ऋणपत्र असार २८ गते मंगलवार बाँडफाँट गरेको हो ।

बैंकले प्रतिकित्ता रू १ हजार अंकित दरका रू। ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात रू ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बैंक आफैले व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।