Dhulikhel Eco Banner new
HRM

सबैको लघुवित्तद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

4.89K
shares

काठमाडौं, ३० असार । तनहुँ जिल्ला बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सवको उपलक्ष्य तथा भानु जयन्तीको अवसरमा मिति २०७९ आषाढ २९ गतेका दिन तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नं. १ छपेली सामुदायिक वन (खण्ड ५)मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री केशब कुमार पौडेलले जानकारी गराएका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री केशव कुमार पौडेलले गरेका थिए । बन्दीपुर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्री शिव कुमार श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथी रहनु भएको थियो । उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक श्री भरत पौडेल, छपेली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्री धन बहादुर आले, बन्दीपुर गाउँपालिका १ स्थित गुरुङ्गटार टोल विकास संस्थाका अध्यक्ष श्री चोलाराम थापा, बन्दीपुर गाउँपालिका १ को श्रृजनशील आमा समूहकी अध्यक्ष श्री संगीता विश्वकर्माको आतित्थमा कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा संस्थाका नायब महाप्रवन्धक श्री पवन कुमार श्रेष्ठले आफनो मन्तब्यका क्रममा संस्थाको संक्षिप्त परिचय, संस्थाले गरेका प्रगति, संस्थाले प्रवाह गरेको वित्तीय सेवा तथा गैर वित्तीय सेवाहरुको बारेमा तथा छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका विभिन्न कार्यक्रमहरुको बारेमा चर्चा गर्नु भएको थियो । त्यसै गरी गुरुङ्गटोल विकास संस्थाका अध्यक्ष श्री चोलाराम थापा, छपेली सामुदायिक वन उपभोक्ता समूहका धन बहादुर आलेले शुभकामना मन्तब्य दिनु भएको थिए ।

छपेली सामुदायिक वनका अध्यक्ष श्री धन बहादुर आलेले शुभकामना मन्तब्यको क्रममा डुम्रेबजारमा धेरै बैंक तथा वित्तीय संस्थाहरु रहे तापनि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले यस्तो कार्यक्रम गरेको पहिलो रहेको जानकारी गराउनु भएको थियो । इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक श्री भरत पौडेलले आफनो अमूल्य मन्तब्य दिने क्रममा शान्ति सुरक्षाका अलावा इलाका प्रहरी कार्यालयले विभिन्न किसिमका कार्य गरेको जानकारी गराए ।
महिला हिंसा, घरेलु हिंसा सम्बन्धी तालिमहरु संचालन गर्नु परेमा तथा बालबालिका तथा युवाहरुलाई उचित आवश्यक काउन्सेलिङ्ग गर्न आवश्यक भएमा मैले सकेको आवश्यक सहयोग गर्ने प्रतिवद्धता रहेको जानकारी गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी स्थानीय बुद्धिजिवि तथा बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्री शिव कुमार श्रेष्ठले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बन्दीपुर गाउँपालिकामा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गरेका सामाजिक कार्यहरुको चर्चा गर्दै लघुवित्त वित्तीय संस्थाले सीप विकास तालिमहरु संचालन गर्दै आएकोमा आगामी दिनहरुमा थप सीप विकास तालिम दिन सुझाउनु भएको थियो साथै यस क्षेत्रको गरीब, विपन्न, महिलाहरुको आर्थिक उन्नती गराए जस्तै यस लघुवित्तले यस क्षेत्रको हरियाली क्षेत्र गराउनमा भूमिका खेलेकोमा धन्यवाद दिनु भएको थियो ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री केशब कुमार पौडेलले प्रमुख अतिथी तथा अतिथीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत श्री केशव कुमार पौडेलले समापन मन्तब्यको क्रममा संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न यस क्षेत्रको विकासका लागि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र आफु समेत तत्पर रहेको जानकारी गराउनु भएको थियो ।

यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रम तथा सहयोग उपलब्ध गराउँदै आई रहेकोछ । यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको छ । संस्थाले २०७९ आषाढ २८ गतेसम्ममा ७४ हजार ८११ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७९ आषाढ २८ गतेसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अरब ४० करोड रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब ३२ करोड बचत परिचालन गरेको छ ।